FAQs Complain Problems

समाचार

सूचना ।

यस नगरपालिकाबाट आ.व. २०७२।०७३ को लागि विनियोजित योजनाको रकम यथा शिघ्र सभ्झौता गर्न आउनु हुन सम्बन्धित उपभोक्ता समितिलाई सूचित गरिन्छ । योजना सम्झौता गर्न आउँदा निम्नानुसारका कागजात सहित आउन हुन समेत अनुरोध गरिन्छः
क) उपभोक्ता समिति सम्बन्धित सामाजिक परिचालक वा वडा सचिवको रोहवरमा गठन भएको खुल्ने माइनेटिङ्गको प्रतिलिपि,
ख) योजना के कसरी सञ्चालन गर्ने अर्थात कुन काम गर्ने भन्ने उपभोक्ता समितिको निर्णयको प्रतिलिपि,
ग) नगरपालिकामा सम्झौता गर्न पठाइने पदाधिकारीको नामथर उल्लेख भएको समितिको निर्णयको प्रतिलिपि,
घ) रु. ५०,०००। भन्दा माथिको रकम भए बैंकमा क–कसको नाममा खाता खोल्ने हो सो को निर्णयको प्रतिलिपि
ङ) उपभोक्ता समितिमा रहने सम्पूर्ण पदाधिकारीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
च) प्राविधिकले तयार गरेको लगत इस्टिमेट ।