FAQs Complain Problems

समाचार

१ महिना भित्र यस नगरपालिकाले गरेको मुख्य कामको विवरण

यस जिरी नगरपालिकाले १ महिना भित्र गरेको प्रमुख कार्यहरुको विवरण

  • आगामी आ.व. देखी अनिवार्य रुपमा लगाउनुपर्ने एकिकृत सम्पत्ति कर जिरी नगरपालिकाले सफलता साथ कम्प्युटरराइड विलिङ सिस्टम सहित सुरुवात गरेको छ । विगतमा तिरो (घर जग्गा कर) बुझाउदै आएका नगरवासिहरुले यस आ.व. देखि एकिकृत सम्पत्ति कर बुझाउन र आफ्नो सम्पत्तिको विवरण नगरपालिकामा कर बुझाउन पाउँदा खुसी देखिन्छन् । पौष २६ देखि माघ २५ सम्मको एक महिनाको अवधिमा रु.२,५२,९६०।-

 

  • खद्द प्रविधि तथा गुण नियन्त्रण विभाग र जिरी नगरपालिकाको संयुक्त अयोजनामा मिति २०७४।१०।५ देखि २०७४।१०।७ सम्म जम्मा ३ दिने होम स्टे संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन । उक्त कार्यक्रम जिरी नगरपालिका वडा नं. ९ को दुसी डाँडामा संचालन भएको थियो ।
  • जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत झण्डै ९००(नौ सय) वृद्ध वृद्धालाइ न्यानो टोपि तथा टर्च वितरण कार्य सम्पन्न ।

     

  • आगामी फाल्गुण महिना देखि भुकम्प लाभग्राहीहरुलाइ निशुल्क घर नक्सा वनाइदिने जिरी नगरपालिकाको निर्णय तत् पश्चात लाभग्राहीले नक्सा दरखास्त फारामको रु.५०० (पाँच सय) वाहेक अरु कुनै पनि शुल्क दस्दुर नलाग्ने ।

 

  • घरेलु तथा साना उद्दोग विकास समिति मुख्य शाखा दोलखाको सहयोग र जिरी नगरपालिकाको समन्वयमा मिति २०७४।१०।१८ देखि २०७४।१०।२४ सम्म ५० (पचास) जना डकर्मीलाइ भुकम्प प्रतिराेधी भवन निर्माण तालिम प्रदान । नगरमा सुरक्षित भवन निर्माणमा थप सहयोग पुग्ने विश्वास ।