FAQs Complain Problems

समाचार

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष , वडा सचिव, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वित्तिय कारोबार प्रति कित्ता रु ५०० र अन्य प्रयोजनको लागि रु ३००
आवश्यक कागजातहरु: 

१) निवेदन र नागरीकता प्रमाणप्रत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकतोको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाइ तोकेको हकमा निज निवेदकले दिएकैो अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२)  सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने