FAQs Complain Problems

News

हार्दिक धन्यवाद ।

जिरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री ज्ञान बहादुर सुनुवारको पहलमा असल मित्र नेपालको तर्फबाट जिरी अस्पतालको लागि ५२ थान नयाँ बेड सेट (बेड,म्याट्रेस,सिरानी, तन्ना समेत) लकर, स्यानीटाइजर, अक्सिमिटर, थर्मोगन, PP सेट, नेबुलाइजर तथा वडा नं. ७, ८ र ९ को स्वास्थ्य चौकीहरुलाई PP सेट, स्यानीटाइजर, थर्मोगन, अक्सिमिटर, नेबुलाइजर समेत गरी २२ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप प्राप्त भएको हुँदा दाता असल मित्र नेपाल र पहलकर्ता वडाध्यक्ष श्री ज्ञान बहादुर सुनुवारजीलाई जिरी नगरपालिका परिवारको तर्फबाट आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।